ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

एटुजेड समाचार

साउन ६, चितवन । आज अपरान्ह पौने ४ बजे रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदांँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।्
चितवन प्रहरीले दिएको जानकारी अनुसार मुग्लिङ्गबाट नारायणगढ आउंँदै गरेको ना ४२ प ४९२९ नम्बरको मोटरसाइकलले पैदल यात्री रामनगर बस्ने ओम प्रसाद भुसाललाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना ५ ख २२४६ नम्बरको ट्रकमा उनी ठोकिन पुगेका थिए । नाम नखुलेका गम्भिर घाइते मोटरसाइकल चालकको भरतपुर अस्पताललमा उपचारको क्रममा सांँझ ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक सम्पर्कमा नरहेको कारण खोजतलास जारी राखिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु