दिपकराज र रोहितको फिल्मको नाम जुर्यो ‘छ माया छपक्कै’

एटुजेड समाचार

चैत २६ –आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गर्न लागेको नया चलचित्रको नाम ‘छ माया छपक्कै’ राखिएको छ।निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्ने नया चलचित्रको नाम ‘छ माया छपक्कै’राखिएको हो। ‘वडा नम्बर ६’देखि चलचित्र निर्माणमा लागेको दिपकराज गिरी को टिमले लक्की मानिएको ‘छ’ अक्षरलाई यसपटक पनि छाडेको छैन ।

कमेडी कथामा निर्माण गर्न लागिएको ‘छ माया छपक्कै’लाई दिपकराज गिरी र उनको टिम तथा निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेका हुन् ।तर चलचित्रमा रोहित अधिकारीले मात्र लगानी गर्नेछन् । तर, नाफाको ५० प्रतिशत भने दिपकराज गिरी र उनको टिमले लिने छ ।

वैशाखबाट छायांकनमा जान लागेको चलचित्रको ‘छ माया छपक्कै’ मा कलाकारको रुपमा कलाकार दिपकराज गिरी र केदार घिमिरे मात्र फाइनल गरिएको छ । चलचित्रमा एक मात्र नायिका हुने बताइएको छ । चलचित्रको निर्माणपक्षले कथालाई अन्तिम रुप दिइरहेको छ ।चलचित्र दशैंमा प्रदर्शनमा रिलिज हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु