काठमाडौं – असहाय महिला तथा बालबालिकाको उत्थान र अधिकार सुनिश्चित गर्दै व्यवस्थित भवन निर्माण गर्ने उद्देश्यले आदर्श गृह नेपालद्वारा आयोजित श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा नेपाली कांग्रेस चितवनले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
मानव सेवा नै सबैभन्दा ठूलो धर्म भन्ने मान्यतासहित कांग्रेस चितवनले उक्त सहयोग गर्ने जनाएको हो।


