काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विवरण अनुसार आज अमेरिकी डलर, युरो, पाउन्डसहित अधिकांश प्रमुख मुद्राहरूको खरिद तथा बिक्रीदर यसप्रकार रहेको छ:
आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा तथा स्वीस फ्र्यांक एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकिएको छ।
यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४ रुपैयाँ ५७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा तोकिएको छ।
साथै, राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ८८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले बजारको अवस्थालाई ध्यानमा राख्दै यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने यसमा केही फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।


