बङ्गलादेशमा हिंसा-प्रतिहिं साको शृङ्खला हसिना समर्थकका ५० घरमा आगजनी

एटुजेड समाचार

काठमाडौं – बङ्गलादेशमा हिंसा-प्रतिहिंसाको शृङ्खला चलिरहेको छ । नराइल जिल्लामा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका नेता, कार्यकर्ता र समर्थकका करिब ५० घर तथा पसलमा आगजनी गरिएको छ।शुक्रबार कालिया उपजिल्लाको बेन्दर चार गाउँमा यो घटना भएको हो।

स्थानीयका अनुसार शुक्रबार दिउँसोदेखि सुरु भएको आक्रमण राति अबेरसम्म जारी रह्यो। आक्रमणकारीहरूले कैयौँ घरमा तोडफोड गर्नुका साथै त्यहाँ रहेका फर्निचर, बहुमूल्य सामान र अन्य सामग्री लुटपाट गरेका छन्।

पूर्वप्रधानमन्त्री शेख हसिनाले देश फर्कने घोषणा गरेयता बङ्गलादेशमा तनाव बढेको छ। केही दिनअघि भएको हिंसामा प्रधानमन्त्री तारिक रहमानको पार्टी बीएनपीका दुई नेताको हत्या भएको थियो।अवामी लिगका पूर्वसांसदका अलावा पूर्वमेयर र पार्टीसँग आबद्ध ठूला नेताहरूका घरलाई पनि निसाना बनाइएको छ।

स्थानीयले यी आक्रमणका लागि प्रधानमन्त्री तारिक रहमानको पार्टी बीएनपीका कार्यकर्तालाई जिम्मेवार ठहराएका छन्। यद्यपि, आरोपितहरूको पहिचान हुन सकेको छैन।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु