चितवन – स्वदेश तथा विदेश भ्रमणमा जाने यात्रुहरूलाई सहज, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले चितवनको नारायणगढस्थित लायन्सचोकमा ‘ट्राभल मित्र होलिडेज’ सञ्चालनमा आएको छ । उक्त ट्राभल एजेन्सीको पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीले रिबन काटेर औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले पछिल्लो समय देशभित्र तथा विदेशमा भ्रमण गर्नेहरूको संख्या बढ्दै गएकाले यस्ता ट्राभल एजेन्सीहरूको आवश्यकता पनि बढ्दै गएको बताए । उनले पछिल्लो समय ट्राभल तथा टुर व्यवसायका कामकारबाहीप्रति विभिन्न प्रश्नसमेत उठ्ने गरेको उल्लेख गर्दै सेवाग्राहीको विश्वास जित्ने गरी पारदर्शी, जिम्मेवार र गुणस्तरीय सेवा प्रदान गर्न सञ्चालकलाई शुभकामना व्यक्त गरे ।
ट्राभल मित्र होलिडेजका सञ्चालक यमन भुषालका अनुसार कम्पनीले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई टिकटिङ, विभिन्न देशका भिजिट भिसासम्बन्धी सहजीकरण तथा स्वदेश र विदेशका आकर्षक पर्यटकीय गन्तव्यका लागि होलिडे प्याकेज उपलब्ध गराउनेछ ।
वैदेशिक भ्रमण, पारिवारिक घुमघाम तथा व्यावसायिक यात्रामा जाने सेवाग्राहीलाई एउटै छानामुनिबाट सम्पूर्ण ट्राभलसम्बन्धी सेवा उपलब्ध गराउनु कम्पनीको मुख्य उद्देश्य रहेको सञ्चालक पक्षले जनाएको छ ।
पछिल्लो समय चितवन तथा आसपासका जिल्लाबाट वैदेशिक भ्रमण तथा छुट्टी मनाउन विदेश जानेहरूको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सेवाग्राहीको समय र लागत बचत हुने गरी सुलभ दरमा सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै, अनुभवी जनशक्तिमार्फत भिसा प्रक्रियाका लागि आवश्यक परामर्श, कागजात तयारी तथा सहजीकरण, होटल बुकिङ र विभिन्न पर्यटकीय गन्तव्यका टुर प्याकेज व्यवस्थित रूपमा उपलब्ध गराइने प्रबन्ध निर्देशक सुरज पौडेलले जानकारी दिए ।
नारायणगढको मुख्य व्यापारिक केन्द्र लायन्सचोकबाट सेवा सुरु भएसँगै चितवनसहित नवलपुर, मकवानपुर, धादिङ र गोरखाका सेवाग्राहीलाई समेत ट्राभल तथा टिकटिङसम्बन्धी कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको निर्देशक महेश पाण्डेले बताए ।


