सौराहामा नेपथ्यको भव्य कन्सर्ट, अमृत गुरुङसँगै हजारौँ दर्शक झुमे

एटुजेड समाचार

सौराहा – चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यले नेपाल टुरअन्तर्गत बिहीबार चितवनको पर्यटकीय नगरी सौराहामा भव्य सांगीतिक प्रस्तुति दिएको छ। नेपथ्यको प्रस्तुतिसँगै सौराहा बिहीबार साँझ सङ्गीतमय बनेको थियो।

साँझ ६ बजेदेखि ८ बजेसम्म आयोजित कन्सर्टमा ब्याण्डका मुख्य गायक अमृत गुरुङले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।

गायक गुरुङले गीत प्रस्तुत गरिरहँदा दर्शकले समेत उनीसँगै स्वरमा स्वर मिलाएका थिए। लोकप्रिय गीतहरूमा दर्शकहरू खुलेर नाच्दै र गाउँदै रमाएका थिए। दर्शकको उत्साह र नेपथ्यको दमदार प्रस्तुतिले कन्सर्टस्थलमा छुट्टै सांगीतिक रौनक छाएको थियो।

नेपथ्यको नेपाल टुरअन्तर्गत आगामी कन्सर्ट आइतबार स्याङ्जाको पुतलीबजारमा आयोजना हुने कार्यक्रम रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु