एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने

एटुजेड समाचार

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि नेताहरू विदेश भ्रमणमा जाँदा पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बताएका छन् ।

दुई दिने राष्ट्रिय भेलाको बिहीबार समापन गर्दै अध्यक्ष ओलीले विदेश भ्रमण गर्दा पार्टीलाई जानकारी नदिनेलाई स्पष्टीकरण सोधिने बताएका हुन् ।

‘पार्टीका नेता कार्यकर्ता अनुशासित हुनुपर्छ । कसले के गर्दैछ ? कहाँ जाँदैछ भन्ने पार्टीलाई जानकारी दिनु जिम्मेवारी र कर्तव्य हो’, ओलीले भने, ‘अबदेखि कोही विदेश भ्रमणमा जाँदैछ भने पार्टीलाई जानकारी हुनुपर्छ । यदि जानकारी भएन भने पार्टीले स्पष्टीकरण सोध्छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु