काठमाडौँ – पूर्व मन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । रास्वपा परित्याग गरेपछि सक्रिय राजनीतिमा नदेखिएकी उनले सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेकी हुन् ।उनले लेखेकी छिन्–’मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित ।
आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’ उनी अघिल्लो प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक तर्फबाट निर्वाचित भएकी थिइन् । पछि शिक्षामन्त्री समेत भइन् । पार्टीको सहमहामन्त्री हुँदै उनले पार्टी परित्याग गरेकी थिइन् । जेनजी आन्दोलन पछि बनेको सुशीला कार्की नेतृत्वको सरकार बनाउन उनी सक्रिय भएकी थिइन् । जेनजीहरुसँगै उनी कार्की शपथ ग्रहणमा समेत पुगेकी थिइन् ।


