विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा

एटुजेड समाचार

काठमाडौं – काठमाडौँको वायु प्रदूषण थप बढेको छ । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ ।वायु गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान ६ देखि ७ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको छ ।

यसअघि बिहान ५ देखि ६ बजेसम्म काठमाडौँ १५८ एक्यूआईसहित ११औँ स्थानमा थियो ।एक घण्टामै काठमाडौँको एक्यूआई १४ अंकले बढेको छ । एक्यूआई १५१ देखि २०० सम्मको अवस्थालाई अस्वस्थकर मानिन्छ ।

विश्वका प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो स्थानमा छ । दोस्रोमा बंगलादेशको ढाका २०८, तेस्रोमा भारतको कोलकाता १९९ र चौथोमा भारतकै दिल्ली १८३ एक्यूआईसहित छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु