काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले हिन्दुराष्ट्र नेपालको कामना गर्दै दण्डवत् प्रणाम यात्रा सुरु गरेका छन्।
आइतबार बिहान १० बजेदेखि विराटनगर– ३ स्थित शिव पाञ्चायन मन्दिरबाट सिंघिया घाटसम्म सडकमा घस्रेर दण्डवत् प्रणाम यात्रा सुरु गरेका हुन्।


