एनपीएलमा आज कसले मार्ला बाजी? प्लेअफ यात्राका लागि चार टोली भिड्दै

एटुजेड समाचार

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई महत्वपूर्ण खेलहरू हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

समान ८ अंक जोडेका काठमाडौं र सुदूरपश्चिम क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। आजको खेलमा विजयी हुने टोलीले प्लेअफमा आफ्नो स्थान पक्का गर्नेछ। त्यस्तै, प्लेअफको दौडमा जिवितै रहन जनकपुर र चितवनलाई पनि आजको खेल जित्नैपर्ने दबाब रहेको छ।

५ खेलबाट ५ अंक जोडेको चितवनलाई अबका बाँकी खेलमा जितको विकल्प छैन भने, अन्तिम खेल खेल्न लागेको जनकपुरलाई ४ अंकबाट ६ अंकमा पुग्न जितका साथै अन्य टोलीसँग पनि भर पर्नुपर्ने अवस्था रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु