एनपीएलः आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

एटुजेड समाचार

काठमाडौँ– नेपाल प्रिमियर लिगको तेस्रो संस्करण (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ ।

आजको खेल दुवै टोलीलाई आगामी यात्राका लागि निकै महत्वपूर्ण रहेको छ । प्ले अफको सम्भावना कायम राख्न जनकपुरलाई आजको खेल जित्नै पर्ने दबाब छ भने सुदूरपश्चिम प्ले अफलाई थप सहज बनाउन चाहन्छ ।

जारी लिगमा ५ खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहँदा समान खेल खेलेको जनकापुर ४ अंकका साथ पाँचौँ स्थानमा छ ।

यसअघिका एनपीएल संस्करणमा दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन र जनकपुरले एक खेलमा जित निकालेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु