काठमाडाैं – स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु १,३०० ले बढेर रु २,८४,३०० पुगेको छ भने चाँदीको मूल्य प्रतितोला ४५ ले बढेर ३,८५५ कायम भएको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला रु २,८३,००० र चाँदी प्रतितोला रु ३,८१० मा कारोबार भएको थियो।


