थापाथलीमा तीनदिने तिहार विशेष रैथाने मेला सुरु

एटुजेड समाचार

काठमाडौं। तिहारलाई लक्षित गर्दै काठमाडौंको थापाथलीमा तिहार विशेष रैथाने मेला २०८३ शनिबारदेखि सुरु भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आयोजना गरेको तीनदिने मेलाको शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्घाटन गरेका हुन्।

चाडपर्वका अवसरमा देशका मौलिक तथा स्थानीय उत्पादन र रैथाने बालीको प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको कम्पनीले जनाएको छ। स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने माध्यमका रूपमा मेलालाई आयोजना गरिएको हो।

मेलामा देशका विभिन्न स्थानका कृषकले उत्पादन गरेका कृषि उपज तथा स्वदेशी उद्यमीले तयार गरेका वस्तुहरू बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन्।

स्थानीय उत्पादनको बजारीकरण, स्वदेशी वस्तुको उपभोग वृद्धि तथा रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा मेलाले सहयोग पुग्ने अपेक्षा गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने मेलामा उपभोक्ताले स्थानीय तथा परम्परागत उत्पादन एकै स्थानमा अवलोकन तथा खरिद गर्न सक्नेछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु