टेण्ट, क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी समिति चितवनको अध्यक्षमा पुनः भण्डारी चयन

एटुजेड समाचार

भरतपुर – टेण्ट, क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी समिति चितवनको १२औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले खगेश्वर भण्डारीलाई पुनः अध्यक्षमा चयन गर्दै १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुभाष कँडेल, उपाध्यक्षमा डिल्लीराम सापकोटा र मोती अधिकारी, सचिवमा रूपक रेग्मी, सहसचिवमा भानुभक्त गैरे, कोषाध्यक्षमा रामचन्द्र तिमिल्सिना र सहकोषाध्यक्षमा कृष्णप्रसाद पौडेल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा पप्पु खान, एमलाल सापकोटा, सूर्य पाठक, टीकाराम लामिछाने र भूमिश्वर घिमिरे चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै व्यवसायीहरूको हकहित, एकता र व्यावसायिक विकासका लागि संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा महासंघका सल्लाहकार संयोजक प्रभाकर पण्डित, उपाध्यक्ष लक्ष्मण पोख्रेल, महासचिव हिमकिशोर राई, इवा नेपाल काठमाडौंका जिल्ला अध्यक्ष उत्तमप्रकाश शर्मा तथा समितिका निवर्तमान अध्यक्ष मुकुन्दहरि गौतम सहभागी थिए।

त्यसैगरी रुपन्देही जिल्ला अध्यक्ष कमल पोख्रेल र महासंघका सचिव प्रेम बर्मालगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी अतिथि तथा वक्ताहरूले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै व्यवसायीका साझा समस्या समाधान र संस्थागत सुदृढीकरणमा जोड दिएका थिए।

दुई चरणमा सम्पन्न कार्यक्रममा पहिलो चरणमा समितिका सचिव, कोषाध्यक्ष र अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रस्तुत प्रतिवेदनलाई साधारणसभाले अनुमोदन गर्दै पारित गरेको हो ।

समितिका अध्यक्ष खगेश्वर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुभाष कँडेलले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष डिल्लीराम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रम भरतपुरस्थित रोज गार्डेन पार्टी प्यालेसमा सम्पन्न भएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु