नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्री, ढाकाटोपीमा सजिएर गरे सम्बोधन

एटुजेड समाचार

काठमाडौं – अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री अल्बानिज ढाकाटोपी सजिएका थिए । सो क्रममा उनले सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै खुसीको कुरा भएको बताए ।

‘विविधता हाम्रो शक्ति हो, र तपाईंहरू यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हो,’ प्रधानमन्त्री अल्बानिजले भनेका छन् ।नेपाल फेस्टिभल मनाउन सिड्नीमा रहेका नेपालीहरूको उल्लेख्य सहभागीता थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु