भरतपुर – अर्किड स्कुल द्वारा आयोजित अन्तरविद्यालयस्तरीय देउसी–भैलो कार्यक्रम–२०८३ मा सनराइज इङ्लिस स्कुलले प्रथम स्थान हासिल गरेको छ।
अर्किड स्कुल, भरतपुर–१० ले आफ्नो नियमित कार्यक्रमअन्तर्गत आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १४ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
विद्यालयकी शिक्षिका अञ्जु पौडेलका अनुसार नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। संस्कृतिको आत्मसात् तथा जगेर्नासँगै विद्यार्थीहरूमा मित्रवत् प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताइन्।
कार्यक्रममा ॐ शान्ति एकेडेमी , अल्फावेटा एकडेमि र ग्रीनल्याण्ड पब्लिक स्कुल क्रमश द्वितीय , तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए।
विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष कृष्ण पण्डितले कार्यक्रमको उद्घाटन गरेको
कार्यक्रमको संयोजन अमित भुसालले गरेका थिए भने सहजीकरण हरिराम रेग्मिले गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूमा नेपाली मौलिक संस्कृति, कला र परम्पराप्रति रुचि बढाउनुका साथै आपसी सद्भाव र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।


