काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेट गर्दैछन् । भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने बुझिएको छ ।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा दुई दिने भ्रमणका लागि मिश्री बुधबार काठमाडौँ आएका थिए ।
बुधबार उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, परराष्ट्र सचिव राईसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
भेटका क्रममा नेपाल–भारतबीचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल भएको बताइएको छ ।
विदेश सचिव मिश्री आज अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।


