भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

एटुजेड समाचार

काठमाडौँ : यो वर्षको भाइटीकाको साइत कात्तिक २५ गते बिहान ११:०७ बजे रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजेका लागि निकालेको हो।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले  दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जानकारी दिए।

समितिका अनुसार यो वर्ष यमपञ्चक अन्तर्गतको पर्व कात्तिक २० गते शुरु हुनेछ। कात्तिक २० गते शुक्रबार धन त्रयोदशी (धनतेरस) पर्व मनाइनुका साथै साँझ यमदीपदान गरिनेछ ।

कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।

कात्तिक २२ गते आइतबार नरक चतुर्दशी मनाइनेछ। त्यसपछि कुकुर तिहार मनाइनेछ।  साँझ लक्ष्मीपूजा गरिने छ।

कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ। कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ।

यसै दिन नेपाल संवत् ११४७ आरम्भ हुनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु