एनपीएल : जनकपुरलाई एकै ओभरमा दोहोरो झट्का, निशम र महता आउट

एटुजेड समाचार

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् ।

खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा जनकपुरले एकै ओभरमा दुई विकेट गुमाएको छ । खेलको १६ औँ ओभरको पहिलो र दोस्रो बलमा क्रमशः जिम्मी निशम र आदित्य महता आउट भए ।

उनीहरु युनिस ठकुरीको ओभरमा आउट भएका हुन् । आउट हुनुअघि निशमले १४ बलमा १५ रन बनाए भने महता डकआउट भए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन तयार पार्‍यो ।

कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । २९ बलको समना गरेका उनले चार छक्का प्रहार गरे ।

त्यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन बनाए । उनले तीन छक्का प्रहार गरे ।

जनकपुरका हर्मित सिंहले ३, राहुल यादव र मोइन अलीले समान दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु