नेपाल राष्ट्र बैंकले कात्तिक २ गते (अक्टोबर १९) का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको भाउ लगातार दोस्रो दिन स्थिर रहेको छ। सोमबार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा कायम गरिएको छ, जुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
अर्कातर्फ युरो, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको मूल्यमा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ।
आज युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा कायम भएको छ, जबकि आइतबार खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा रहेको थियो। यस्तै, यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ १२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९२ पैसामा झरेको छ।
आइतबार यसको खरिददर २०२ रुपैयाँ १९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७७ पैसा तोकिएको छ।
यसैबीच क्यानेडियन डलरको मूल्यमा भने केही वृद्धि भएको छ। आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा पुगेको छ, जुन हिजो खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा रहेको थियो। यस्तै, सिंगापुर डलरको भाउ भने घटेर खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा कायम भएको छ।


