अनावश्यक परीक्षण गराए स्वास्थ्य बीमाको दाबी भुक्तानी रोक्ने बोर्डको चेतावनी

एटुजेड समाचार

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले बीमितलाई चिकित्सकीय आवश्यकताबिनै अनावश्यक परीक्षण गराउने स्वास्थ्य संस्थाको दाबी अस्वीकृत गर्ने जनाएको छ ।

बोर्डले स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउन विभिन्न निर्देशन जारी गर्दै रोगको लक्षण, अवस्था तथा चिकित्सकीय आवश्यकतासँग मेल नखाने परीक्षण गराए त्यस्ता परीक्षणको दाबी अस्वीकृत गरिने स्पष्ट पारेको हो ।

बोर्डका अनुसार भिटामिन डी, भिटामिन बी १२ र थाइराइड फङ्सन टेस्ट (टीएफटी) लगायतका परीक्षण आवश्यकताबिनै गराउने गरेको पाइएमा त्यस्ता परीक्षणको दाबी भुक्तानी गरिने छैन ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ९ बमोजिम बोर्डसँग सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थाहरूलाई लक्षित गर्दै बोर्डले यस्तो निर्देशन दिएको हो ।

बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई सेवा प्रदान गर्दा कोटा प्रणाली लागू गरी अनावश्यक ढिलाइ गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने तथा स्वास्थ्य सेवा प्राप्त गर्न असहज हुने अवस्था सिर्जना नगर्न पनि सेवा प्रदायक संस्थाहरूलाई सचेत गराएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु