जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार असोज ३१ गते बिहान करिब ११:१५ बजे अटो दुर्घटना भएको हो ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट करिब ६० देखि ६५ मिटर तल खसेको थियो ।


