काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारदेखि बिहीबारसम्म लगातार घटेको सुनको मूल्य शुक्रबार भने बढेको हो । गत आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि शुक्रबार तोलामा ११५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर चार हजार १५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


