जापानमा बस्ने नेपाली ३ लाख ९९२ पुगे, १ लाख १६ हजार विद्यार्थी

एटुजेड समाचार

काठमाडौं – जापानमा बस्ने नेपाली ३ लाख ९९२ पुगे छन । यसमा १ लाख १६ हजार विद्यार्थी रहेका छन् । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले यस्तो तथ्यांक संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेका हुन् । उनका अनुसार सन् २००५ मा ६ हजार ९५३ थिए ।

अहिले बढेर ३ लाख ९९२ पुगेका छन् । यो करिब ४३ गुणा वृद्धि हो । सबैभन्दा ठूलो समूह विद्यार्थी १ लाख १६ हजार रहेको र त्यसपछि परिवार आश्रित, प्राविधिक/मानवीय ज्ञान, विशेष सीपयुक्त कामदार आदि रहेका छन ।

यसकारण कन्सुलर सेवाको माग बढेको तर जनशक्ति र पूर्वाधार अपर्याप्त रहेको प्रस्तावित राजदूत थापाले बताए । सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गर्दै थापाले नागरिकमैत्री कन्सुलर सेवाका लागि काम गर्ने बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु