कांग्रेसको सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

एटुजेड समाचार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फको सहमहामन्त्री पदमा नेतृ प्रतिमा गौतम निर्वाचित भएकी छन्। उनी आफ्ना प्रतिस्पर्धी नानुमैया बास्तोलालाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्।

केन्द्रीय निर्वाचन समितिद्वारा प्रकाशित मतगणनाको अन्तिम नतिजाअनुसार नेतृ गौतमले पाँच हजार ११६ मत प्राप्त गरी सहमहामन्त्रीमा विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नानुमैया बास्तोलाले भने एक हजार ५५४ मत मात्र प्राप्त गरिन्। गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु