भरतपुर – भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुले आश्रममा खाना खुवाएका छन् ।
स्कुलको इन्ट्रायक्ट क्लब र इको क्लबले देवघाट ५ तनहुँस्थित हरिहर सन्यास आश्रममा तीन सय जनालाई खाना खुवाएको हो । आश्रममा आश्रित दुई सय जना विद्यार्थी तथा एक सय जना वृद्धवृद्धालाई खाना खुवाईएको ग्रीनल्याण्ड इन्ट्रायक्ट क्लबका अध्यक्ष गोपाल भण्डारीले जानकारी दिए ।
विद्यार्थीलाई सामाजिक सेवाप्रति प्रेरित गर्न तथा सहयोग र सद्भावको भावना विकासका लागि खाना खुवाउने कार्यक्रम आयोजना गरिएको भण्डारीले बताए । यसले विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्न र मानवीय सेवामा सहभागी हुन प्रेरित गर्ने विश्वास लिईएक छ ।
आश्रमका कोषाध्यक्ष केशव चैतन्य ब्रम्हचार्यले ग्रीनल्याण्ड स्कुलले विद्यार्थीहरुमा शिक्षासँगै सामाजिक सेवा र मानवीयको भाव जगाउने बिषयमा प्राथमिकता दिने गरेको भन्दै खुशी व्यक्त गरे । स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई सामाजिक सेवाका भावना र समुदायप्रतिको उत्तरदायित्व बहन गर्न जिम्मेवार बनाउने बताईन् ।


