चितवन – चितवनमा ‘बबल ब्युटी स्टुडियो’ को उद्घाटन गरिको छ। नारायणगढस्थित गणेश हल मार्ग, जमघट रेस्टुरेन्टसँगै रहेको भवनमा सञ्चालनमा आएको स्टुडियोको औपचारिक उद्घाटन चर्चित सेलिब्रेटी तथा मेकअप आर्टिस्ट चिराग शर्माद्वारा गरिएको हो ।
बबल ब्युटी स्टुडियोको उद्घाटन गर्दै आर्टिस्ट चिराग शर्माले आफुलाई निमन्त्रणा गरेकोमा खुसी व्यक्त गर्दै स्टुडियोको सफलताका लागि शुभकामना व्यक्त गरेकी थिईन् ।
बबल ब्युटी स्टुडियोको संचालक गोपाल कडेलले यस स्टुडियोमा महिलाहरुका लागि आवश्यक सम्पूर्ण सौन्दर्यका सुविधाहरु रहेको बताए । उनले सेवाग्राहीको चाहना अनुसार नै उत्कृष्ट सेवा दिन तत्पर रहेको बताए ।
आधुनिक तथा गुणस्तरीय सौन्दर्य सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको मेकअप आर्टिस्ट तथा संचालिका सुमित्रा भट्टराईले बताइन् ।
स्टुडियोमा ग्राहकका लागि हेयर कटिङ, हेयर स्टाइलिङ, केराटिन, हेयर बोटक्स, न्यानोप्लास्टिया, पेडिक्योर, म्यानिक्योर, नेल एक्सटेन्सन, विभिन्न डिजाइनका मेकअप, फेसियल, वाक्सिङ, हाइड्रोफेसियल तथा ल्यासेस एक्सटेन्सन र लिफ्टिङ लगायतका सौन्दर्य सेवाहरू उपलब्ध छन्।
बबल ब्युटी स्टुडियोले सौन्दर्य सेवा मात्र नभई यस क्षेत्रमा करियर बनाउन चाहने तथा सीप सिक्न इच्छुक विद्यार्थीका लागि विभिन्न सीपमूलक तालिमसमेत सञ्चालन गरिरहेको छ।
ग्राहकलाई सहज र आरामदायी वातावरणमा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित स्टुडियो सञ्चालनमा ल्याइएको भट्टराईले बताइन्।
त्यस्तै, बबल ब्युटीले आफ्ना सेवा तथा सुविधालाई थप व्यवस्थित र सहज बनाउन ‘thebubblebeauty.com’ वेबसाइट सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ। वेबसाइट सञ्चालनमा आएपछि नेपाल तथा विदेशमा रहेका ग्राहकले स्टुडियोका विभिन्न सेवा तथा सुविधाबारे जानकारी लिन सक्नेछन्। साथै, आवश्यक सेवा लिन चाहने ग्राहकले वेबसाइटमार्फत नै बुकिङ गर्न सक्ने व्यवस्था गरिने बताइएको छ।
सञ्चालिका भट्टराईले सौन्दर्य सेवामा रुचि राख्ने तथा नयाँ सीप सिक्न चाहने सबैलाई एकपटक बबल ब्युटी स्टुडियोमा आएर सेवा तथा सुविधाको अनुभव लिन आग्रह गरेकी छन्।


