राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन् । महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी ९ औँ केन्द्रीय महाधिवेशनमा नयाँ कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो ।

अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी शुक्रबार निर्विरोध निर्वाचित भएका हुन् ।लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्माले यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत उनी दर्शक तथा श्रोतामाझ लोकप्रिय छन्।

प्रतिष्ठानका विभिन्न पद हुँदै यहाँसम्म आइपुगेका उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।त्यस्तै, प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष पदमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी र द्वितीय उपाध्यक्ष साङ्गठनिक तर्फका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा जुना शिरिष पनि निर्विरोध भएकी छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु