काठमाडौँ – दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।
यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाहरूको बैठकले असोज २३ गतेदेखि देशभर लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज २३ गतेदेखि टिकट बुकिङ खुला गरिने जानकारी दिए।
लगातारको वर्षा तथा बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग सरकारले तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने प्रतिबद्धता जनाएपछि यातायात व्यवसायीहरू टिकट बुकिङ खोल्न सहमत भएका हुन्।बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।


