काठमाडौं – कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
धादिङको थाक्रे नगरपालिकाबाट बिक्रीका लागि सोमबार कालीमाटी बजार ल्याइएको काँक्रोमा ४९.१९७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १० पसलको १० थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा काँक्रोमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त काँक्रो उपभोग अयोग्य रहेको जनाइएको छ ।


