‘गगनलाई ४० वर्षमै सभापति बन्ने प्रेरणा दिँदा लिएको भए म पनि कांग्रेस बन्थेँ हुँला’

एटुजेड समाचार

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसका राम्रा र कमजोरी भएका विषयहरू केलाएका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेस आन्तरिक विषयहरू केही केलाए ।

कांग्रेसले भौतिक पूँजी भएकाहरूलाई महत्व नदिएको भए आफू समेत ‘कांग्रेस हुन्थेँ हुँला’ भनेर कांग्रेसको आन्तरिक विषय स्मरण गरे ।

उनले भनेका छन्– म पनि कांग्रेस हुन्थेँ होला, यदी कांग्रेसले पार्टीमा निष्ठालाई पूँजी मान्नेहरूलाई महत्व दिएको भए, न कि भौतिक पूँजी भएकाहरूलाई महत्व नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला । यदि कांग्रेसले दूरदराजको पीछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबैभन्दा अगाडि र सबैभन्दा अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला । आज ५० वर्षको सभापति पाउँदा गौरवको महसुस गर्नुभएको छ । ४० वर्षमा नै सभापति बन्ने प्रेरणा दिँदा लिएको भए म पनि कांग्रेस हुन्थेँ होला । र, म पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले आफ्नो लहलहाउँदो रुखलाई छाडेर अन्तै भोट हाल्न उर्दी जारी नगरेको भए । तर केही छैन । मुलुकको जिम्मेवारी मिलेरै अघि लैजाने हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु