काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसत्र काठमाडौंको खुलामञ्चमा जारी छ । हो । उद्घाटन समारोहमा सहभागी हुन विभिन्न दलका शीर्ष नेताहरू पुगेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी, जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारीलगायत पुगेका छन् ।
श्रम संस्कृति पार्टीका महासचिव आरेन राई पनि पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ गएनन् । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु भएको हो ।


