काठमाडौं । इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।
जनकपुर बोल्ट्सले आगामी एनपीएल संस्करणका लागि दुई पटकका विश्वकप विजेता मोइन अलीलाई अनुबन्ध गरेको हो ।
अलीले इंग्ल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा अलराउन्डरका रूपमा महत्वपूर्ण योगदान दिएका छन् । उनले ब्याटिङसँगै अफस्पिन बलिङमार्फत टोलीलाई योगदान पु¥याउँदै आएका छन् ।


