आज कतिमा हुँदै छ, सुनचाँदीको कारोबार ?

एटुजेड समाचार

काठमाडौँ  – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु