भरतपुरमा ६० महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण, १७ जनामा संक्रमण

एटुजेड समाचार

भरतपुर – भरतपुरमा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । इनर ह्वील क्लब अफ भरतपुर डिभाइन र क्रियाशील महिला समूहको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित मिल्स एरिया टोलको दियालो कलेजमा सम्पन्न कार्यक्रममा ६० जना महिलाले VIA अर्थात् पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा लिएका थिए। परीक्षणका क्रममा १७ जना महिलामा संक्रमण देखिएको र उनीहरूलाई आवश्यक औषधि तथा उपचारसम्बन्धी सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।

महिलामा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, समयमै स्वास्थ्य परीक्षण गराउने तथा पाठेघरको मुखको क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा भरतपुर महानगरपालिका–२ का वडा अध्यक्ष मनोज रनाभाट प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत र नियमित परीक्षणमा सक्रिय हुन आग्रह गरे।

यस्तै, परिवार नियोजन संघका कार्यालय प्रमुख ध्रुवराज पौडेलले पाठेघरको मुखको क्यान्सरका जोखिम, समयमै परीक्षणको महत्व, प्रारम्भिक पहिचान तथा रोकथामका उपायबारे जानकारी गराएका थिए।

कार्यक्रमको अध्यक्षता इनर ह्वील क्लब अफ भरतपुर डिभाइनकी अध्यक्ष IW नारायणी देवी श्रेष्ठ तथा क्रियाशील महिला समूहकी उपाध्यक्ष श्रीमती निर्मला पोखरेलले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा विशिष्ट सरोजा मास्के, पूर्व अध्यक्ष, इनर ह्वील क्लब अफ भरतपुर डिभाइन तथा अध्यक्ष, विशिष्ट अतिथि मिल्स एरिया टोल विकास संस्थाको अध्यक्ष सरला जोशी, त्यसैगरी अतिथिमा IW क्लब भरतपुर डिभाइनको निवर्तमान अध्यक्ष शर्मिला घले लगायत टिमहरू नर्सिङअधिकृत विजय श्रेष्ठ, साथै स्वास्थ्यकर्मी जानकी भट्टराई र सहयोगी सदस्य सावित्री सापकोटा रहेका थिए ।

कार्यक्रममा इनर ह्वील क्लब अफ भरतपुर डिभाइनका पदाधिकारी, बोर्ड सदस्य तथा सदस्यहरूका साथै सहभागी विभिन्न संस्थाका प्रतिनिधि तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको समन्वय IW सरिता धितालले गरेकी थिईन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु