CCT कलेजमा अन्तर्राष्ट्रिय ‘Hack Days’ कार्यक्रम हुँदै

एटुजेड समाचार

चितवन – भरतपुरस्थित CCT कलेजमा अन्तर्राष्ट्रियस्तरको ‘Hack Days’ कार्यक्रम आयोजना हुने भएको छ। मेजर League Hacking अर्थात् MLH को आयोजनामा तथा CCT कलेजको CCT IT Club को समन्वयमा हुन लागेको यो कार्यक्रम Google Gemini को support अन्तर्गत आयोजना हुँदैछ।

कार्यक्रमको मुख्य थिम ‘Everyday Problem, Smart Solution’ रहेको छ। विद्यार्थीहरूलाई आफ्नो technical knowledge लाई practical रूपमा प्रयोग गर्दै दैनिक जीवनमा देखिने समस्या पहिचान गरी technology, creativity र innovation मार्फत smart solution विकास गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कलेजले जनाएको छ।

चितवनमा यसअघि MLH अन्तर्गतको Hack Days आयोजना नभएको अवस्थामा CCT कलेजले पहिलोपटक अन्तर्राष्ट्रिय mini hackathon आयोजना गर्न लागेको हो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले coding, technology, innovation, problem-solving, teamwork तथा project development जस्ता क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।

सहभागी विद्यार्थीहरूले MLH Hack Days अन्तर्गत participation तथा achievement certificates प्राप्त गर्नेछन् भने कार्यक्रममा Google Gemini को official branding समेत रहनेछ।

आयोजकका अनुसार कार्यक्रममा trophy, recognition तथा ५ हजार रुपैयाँ prize money प्रदान गरिनेछ। साथै विजेतालाई Google Gemini subscription समेत प्रदान गरिनेछ।

विद्यार्थीहरूको रुचिलाई मध्यनजर गर्दै Hack Days को registration पुनः खुला गरिएको छ। coding, technology, innovation तथा problem-solving मा रुचि भएका विद्यार्थीलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

कार्यक्रममार्फत विद्यार्थीलाई international hackathon experience, practical learning, teamwork र innovation को अवसर प्रदान गर्दै प्रविधि क्षेत्रमा उनीहरूको क्षमता विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु