चितवन – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. २ को अधिवेशनबाट युवा नेता मनोज रानाभाट सभापतिमा निर्वाचित भएका छन् ।
सोमबार नारायणी कलामन्दिर नारायणगढमा सम्पन्न अधिवेशनमा रानाभाटले ३४४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी केशव महर्जनले २३३ मत प्राप्त गरे ।
सभापतिका अन्य उम्मेदवारमध्ये विकास पौडेलले २१८, प्रल्हाद उप्रेतीले ९६ र चित्रबहादुर भण्डारीले ५६ मत प्राप्त गरेका छन् ।
यस्तै, क्षेत्रीय सचिवमा प्रदीप लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ४६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कृष्ण बगालेले २७० मत प्राप्त गरे । त्यस्तै दीपक शाही ठकुरीले १२६ र लुवराजन श्रेष्ठले ६० मत प्राप्त गरेका छन् ।
यसैबीच, नेपाली कांग्रेस चितवन प्रदेश क्षेत्र नं. २ (ख) को सभापतिमा युवा नेता परमेश्वर खनाल निर्वाचित भएका छन् भने क्षेत्र नं. २ (क) को सभापतिमा दुर्गा गुरुङ निर्वाचित भएका छन् ।


