नवलपरासी। कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र तनहुँ जोड्ने मोटरेबल पुलको पहुँचमार्ग नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
नवलपरासीको बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका–मन्दार जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको डेढगाउँतर्फको पहुँचमार्ग नदी कटानका कारण भासिएको हो।
पुलको एक छेउ पूर्ण रूपमा भाँसिएपछि उक्त सडकमा सवारीसाधन तथा पैदल यात्रासमेत बन्द भएको छ।
स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त बाटो प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रालाई सुरक्षित बनाउन वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ।


