काठमाडौँ : नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख नेताहरूलाई निमन्त्रणा गरेको छ। कांग्रेसको १५औँ महाधिवेशन १६ असोजमा उद्घाटन हुँदैछ।
उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिएको कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले जानकारी दिए।
राणाका अनुसार शुक्रबार तीनै नेताहरूलाई भेटेर कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणापत्र दिएको हो।


