खसीको भनेर बाख्रा र कुकुरको मासु बेच्न खोजेको आरोपमा ३ जना प क्राउ

एटुजेड समाचार

काठमाडौं – कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया र बसपार्कमा खसीको भनेर बाख्रा र कुकुरको मासु बेच्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई प क्राउ गरेको छ । शुक्रबार अत्तरिया बजारको धनगढी लाइनमा सञ्चालित रफिक मासु पसलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मासु पसल सञ्चालक भारतीय नागरिक ६५ वर्षीय रफिक करेसी र कञ्चनपुरको कृष्णपुर घर भएका ४१ वर्षीय गणेश धामी छन् । उनीहरुले खसीको भनेर बाख्राको मासु बेचेको आ रोप छ । आ रोपीहरूमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ । बरामद गरिएको मासु परीक्षणको लागी प्रयोगशालामा पठाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु