मंसिर पहिलो साता प्रधानमन्त्रीको भारत भ्रमण

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारतको भ्रमण गर्ने भएका छन् । शाह प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निम्ता पठाएका थिए ।

त्यसबेला प्रधानमन्त्री शाहले उपयुक्त समयमा आफूले भारत भ्रमण गर्ने जानकारी दिएका थिए ।‘ठ्याक्कै मिति तय भइसकेको छैन तर नोभेम्बरको तेस्रो साताका लागि भ्रमण तय भएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।प्रधानमन्त्री बालेन तथा परराष्ट्रमन्त्री शिशिर खनाल अहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा छन् ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्री यो भ्रमण सकेर काठकाडौं फर्केलगत्तै भ्रमणको तयारी थालिने पनि परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा साइडलाइन वार्ता भएको थियो । सो वार्ताका क्रममा पनि प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा छलफल भएको स्रोतले बतायो ।

त्यसक्रममा भारत भ्रमणका एजेन्डबारे सामान्य छलफल भए पनि ठोस कुराकानी नभएको स्रोत बताउँछ ।दुई परराष्ट्रमन्त्रीको यो बैठक कर्टेसी कल हो त्यसो हुँदा विस्तृतमा कुराकानी भएको छैन । तर प्रतिनिधमण्डल स्वदेश फर्केपछि तीव्र रुपमा तयारी अघि बढ्छ,’ स्रोतले भन्यो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु