नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा कुल १ हजार ३ सय ३५ मतदाता रहेकामा १ हजार २ सय ३२ मत खसेको थियो। न्यौपानेले ६ सय ६८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४ सय १३ मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धी कृष्णविलास अधिकारीले १ सय ५९ मत पाए।
त्यस्तै, उपसभापतिमा मित्रनिधि तिवारी विजयी भएका छन्। तिवारीले ७ सय १७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रेशमबहादुर देउजाले ४ सय ७७ मत पाए। सचिव पदमा युवा उम्मेदवार सुमित पराजुलीले ७ सय ८३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी रामजी पौडेलले ४ सय ३६ मत प्राप्त गरे।
पदाधिकारी मध्ये महिला उपसभापति र सह–सचिव भने निर्विरोध निर्वाचित भएका छन् । महिला उपसभापतिमा उम्मेदवारी दर्ता गराएकी कल्पना पौडेल र सह–सचिवमा उम्मेदवारी दिएका देउबहादुर थापा मगर निर्विरोध निर्वाचित भएका छन् ।


