कांग्रेसको अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

एटुजेड समाचार

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ।

मंगलबार मन्त्रालयको विद्यालय शिक्षा शाखाले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेर कारबाही गर्न निर्देशन दिएको हो। शाखाका उपसचिव लिलानाथ पोख्रेलले पठाएको पत्रमा राजनीतिक दलको कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न भनिएको छ।

बैतडी, बाग्लुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यानलगायतका जिल्लामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलको कार्यक्रममा सहभागी भएको पाइएको पत्रमा उल्लेख गरिएको छ। अहिले कांग्रेसको वडा अधिवेशन चलिरहेको छ।

पत्रमा भनिएको छ, ‘शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) को कानुनी प्रावधान विपरीत हुनजाने सन्दर्भमा शिक्षकका त्यस्ता कार्यप्रति थप खोजबिन गर्ने, निगरानी गर्ने र स्थानीय तहसँगको समन्वयमा त्यस्तो आचारसंहिता उल्लंघन गर्ने शिक्षकहरूलाई सोही नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्थाका लागि यस मन्त्रालयको मिति २०८३/०६/०६ गतेको निर्णयानुसार यो निर्देशन गरिएको छ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु