एनपीएल-३ को खेल तालिका सार्वजनिक, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एटुजेड समाचार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्बजनिक गरेको हो। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ।

जसअनुसार उद्घाटन खेलमा कार्तिक ९ गते लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन्। त्यस्तै लिग चरणको अन्तिम खेल कार्तिक २९ गते चितवन राइनोज र कर्णाली याक्स तथा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच खेल हुने भएको छ।

त्यस्तै प्लेअफ अन्तर्गत पहिलो क्वालिफायर खेल मङ्सिर १ गते, इलिमिनेटरको खेल मङ्सिर २ गते र दोस्रो क्वालिफायर मङ्सिर ३ गते हुने तालिका क्यानले सार्बजनिक गरेको छ। त्यस्तै एनपीएलको फाइनल खेल मङ्सिर ५ गते हुने भएको छ।

एनपीएलको यस सिजनमा ६ दिन एक खेल हुने छन् भने ११ दिन दुई खेल हुने छन्। त्यस्तै एक खेल हुने दिन खेल अपराहन्न साढे ४ बजे शुरु हुने छ। त्यस्तै दुई खेल हुने दिन पहिलो खेल दिउसो साढे १२ बजे र दोस्रो खेल अपराहन्न साढे ४ बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु