माथिल्लो त्रिशूली–१ को टनेलमा थप ११ शव फेला

एटुजेड समाचार

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११ जनाको शव फेला परेको छ । नेपाली सेनाले दिएको जानकारीअनुसार माथिल्लो त्रिशूली १ जलविद्युत् परियोजनाको अडिट ३ टनेलको जालीभित्र र हिलोमा दबेको अवस्थामा ११ जनाको शव फेला परेको हो ।

आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा उनीहरुको शव फेला परेको सेनाले जानकारी दिएको छ ।

नेपाली सेनाले शनिबार उनीहरुको शव उद्धार गरी बाहिर निकालिएको जनाएको छ । सेनाका अनुसार थप खोजी कार्य भइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु