कांग्रेस वडा अधिवेशन आजदेखि

एटुजेड समाचार

काठमाडौँ – नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा आजदेखि सुरु हुने भएको छ । असोज ३ र ४ गते देशभर हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन पार्टीले आग्रह गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। त्यसअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

जिल्ला निर्वाचन अधिकृतहरूले जिल्ला तथा स्थानीय तहका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यहरूसँग निर्वाचन प्रक्रियाबारे आवश्यक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका तयारी पूरा गरिसकेको समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका सम्बन्धमा फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै निर्धारित मिति असोज ३ र ४ गते हुने निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई अनुरोध गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु