विश्वका उत्कृष्ट सहरमा न्यूयोर्क पहिलो, काठमाडौं ६८७ औँ स्थानमा

एटुजेड समाचार

काठमाडौं – अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ। लन्डन दोस्रो र पेरिस तेस्रो स्थानमा छन्।विश्वका १ हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच आधारमा मूल्यांकन गरेर समग्र सूची तयार गरिएको अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ ।

यो सूचीका अनुसार अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा रहँदा बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा रहेको छ ।त्यसैगरी अमेरिकाको सियाटल चौथो, सान फ्रान्सिस्को पाँचौं र आयरल्यान्डको डब्लिन छैटौं स्थानमा रहेका छन् ।नेपालको राजधानी काठमाडौं समग्र सूचीमा ६८७औँ स्थानमा रहेको छ।

काठमाडौं यो स्थानमा पाँच वटा इन्डेक्सको आधारमा रहेको हो । काठमाडौं अर्थतन्त्रमा ६७० औं स्थानमा, मानवीय क्षमतामा ५६२औँ स्थानमा, जीवनस्तर ८४० औँ स्थानमा, वातावरणमा ६३९ स्थानमा र शासनमा ६३५औं स्थानमा रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु