कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा, भोलिदेखि नागढुंगा–मुग्लिन सडकमा पूर्ण रूपमा सवारी सञ्चालन

एटुजेड समाचार

बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत धादिङको कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत ट्रयाक खोल्ने काम सम्पन्न भएको जनाएको हो। जानकारी अनुसार भोलिदेखि यो सडकखण्डमा पूर्ण रूपमा सवारी साधन आउजाउ गर्नेछन्।

कार्यालयले ड्रोनबाट खिचिएको कृष्णभीर क्षेत्रको पछिल्लो दृश्यसमेत सार्वजनिक गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु